देवदह । स्वयमसेवी रक्तदाता समाज देवदहको अध्यक्षमा पवन पौडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा विमल भुषाल, सचिवमा अर्जुन गैरे, कोषाध्यक्षमा पुकार केसी र सह-सचिवमा चोली मायाँ राना चयन भएको समाजका जिल्ला अध्यक्ष कृष्ण बहादुर चौहान क्षेत्रीले जानकारी दिए । समाजको सदस्यहरुमा अब्दुल मुस्ताफा, बिष्णु पाठक, शोवराज जैशी र दिपा भट्टराई रहेका छन् । भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा गोपाल प्रसाद ढकाल, मोहन बहादुर जिसी, बिष्णु प्रसाद अर्याल, डोलराज न्यौपाने (अर्जुन), चमकान्त गौडेल र कृष्ण प्रसाद न्यौपाने रहेका छन् । समाजले देवदहका १२ वटै वडाका रक्तदाताहरुलाई संगठित गर्ने, नियमित रक्तदानका कार्यक्रमहरु गर्ने, रक्तदानको महत्व बुझाउन विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए ।
