|timestampe=1778609255
नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को राजनीतिमा एउटा ठूलो हलचल पैदा भएको छ। पार्टीका प्रभावशाली युवा नेता तथा जिल्ला सचिव धिरज शर्मा बस्यालले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन्।
लामो समयदेखि एमालेको संगठन निर्माण र जनपक्षीय आन्दोलनमा होमिएका बस्यालको यो बहिर्गमनलाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
किन छोडे बस्यालले एमाले?
बस्यालले जिल्ला अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा पार्टीभित्रको ‘अस्वस्थ’ अवस्थालाई मुख्य कारण मानेका मानेका छ्न। उनका अनुसार पार्टी छोड्नुका ४ मुख्य कारणहरू यस्ता छन्:
१.आन्तरिक लोकतन्त्रको संकट:पार्टीभित्र लोकतान्त्रिक मूल्य र मान्यताहरू कमजोर हुँदै गएको उनको ठम्याई छ।
२ कार्यकर्ताको अपमान:इमानदार र पुराना कार्यकर्ताहरूको योगदानको कदर हुन नसक्नु र व्यक्तिवादी प्रवृत्ति हाबी हुनु।
३ सैद्धान्तिक विचलन:पार्टीको सिद्धान्त र व्यवहारबीच तालमेल नमिलेको र राजनीतिक संस्कारमा ह्रास आएको आरोप।
४ सुधारको ढोका बन्द:संगठनभित्रै बसेर पटक-पटक सुधारका सुझावहरू दिँदा पनि नेतृत्वले बेवास्ता गरेपछि उनले ‘अन्तिम विकल्प’का रूपमा राजीनामा रोजेका हुन्।
बस्यालले आफ्नो जीवनको महत्त्वपूर्ण समय पार्टी निर्माण, संगठन विस्तार र जनताको हक-हितका लागि खर्चिएका थिए। बर्दघाट क्षेत्रमा राम्रो पकड भएका उनी हाल जिल्ला सचिव जस्तो जिम्मेवार पदमा क्रियाशील थिए।
एमालेसँगको नाता तोडे पनि उनले राष्ट्र, लोकतन्त्र र जनताको हितका लागि आफ्नो सक्रियता नरोकिने बताएका छन्। उनले आगामी दिनमा कुन राजनीतिक बाटो रोज्छन् भन्नेबारे भने पत्रमा केही खुलाएका छैनन्।
राजनीतिक ध्रुवीकरणको यो समयमा बस्याल जस्तो क्रियाशील नेताले पार्टी छोड्नु नेकपा एमाले नवलपरासीका लागि ठूलो धक्का हुन सक्छ। यसले पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ्।बस्याल बर्दघाट नगरपालिका का निवर्तमान नगर प्रमुख पनि हुन्।
