भजन गाउन थाले बर्दघाटका युवाले

“ए सीता औँठी खस्यो रामको, तिम्रै नामको…”


“ए सीता औँठी खस्यो रामको, तिम्रै नामको…”

“ए सीता औँठी खस्यो रामको, तिम्रै नामको…”
यस्तै लोकभजनको मिठो धुनसँगै गत माघदेखि प्रत्येक हप्ताको शनिवार बर्दघाट युवा भजन समूहमार्फत युवाहरू धर्म, संस्कृति र लोकभजनको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रूपमा जुटिरहेका छन्।

बर्दघाटमा पछिल्लो समय भजन संस्कृतिप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। बर्दघाट युवा भजनको सक्रियतामा नगरका विभिन्न धार्मिक स्थलहरूमा नियमित रूपमा सन्ध्या भजन कार्यक्रम सञ्चालन हुँदै आएको हो।

युवाहरूको उल्लेख्य सहभागितामा सञ्चालन हुने यस्ता भजन कार्यक्रमले धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाएको स्थानीयवासी बताउँछन्।
दैनिक व्यस्तता र आधुनिक जीवनशैलीका बीच युवाहरू धार्मिक गतिविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष भएको भन्दै भजन कार्यक्रममा स्थानीयहरूको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ।
कार्यक्रममा विभिन्न देवी–देवताका स्तुति, भक्ति गीत तथा लोकभजनका सांगीतिक प्रस्तुति प्रस्तुत गरिन्छ। यसले युवाहरूबीच आपसी सद्भाव, अनुशासन तथा सामाजिक एकता मजबुत बनाउन सहयोग पुगेको सहभागीहरूको अनुभव छ।

बर्दघाट युवा भजनले आगामी दिनमा पनि नगरका विभिन्न स्थानमा नियमित सन्ध्या भजन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। धर्म र संस्कृतिको जगेर्नामा टेवा पुर्‍याउने यस्ता क्रियाकलापलाई स्थानीय तहले समेत संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने युवाहरूको भनाइ छ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल