बर्दघाट–होलबेक सहकार्यमा युवा घर अभियानले लियो गति

मेयरद्वयबीच पत्र आदानप्रदान, ‘युवा कचहरी’ अभियानमा ५८ युवा आबद्ध

बर्दघाट–होलबेक सहकार्यमा युवा घर अभियानले लियो गति

बर्दघाट नगरपालिका र डेनमार्कको होलबेक नगरपालिकाबीच युवामैत्री सहकार्यको नयाँ सुरुवात भएको छ।
“Youth Spaces Without Borders: From Holbæk to Bardaghat” परियोजनाअन्तर्गत बर्दघाटमा युवा घर निर्माण गर्ने अभियानले तिब्रता पाएको हो।

यस क्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र होलबेक नगरपालिकाकी मेयर क्रिस्टिना क्रिजरोजियाक हान्सेन बीच भएको पत्र तथा शुभकामना आदानप्रदानलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। होलबेककी मेयर हान्सेनले फरक संस्कृति र महादेशबीच बलियो सम्बन्ध, लोकतान्त्रिक मूल्य र पारस्परिक सम्मानको महत्व औंल्याएकी छन्। एता नगर प्रमुख श्रेष्ठले नेपाली परम्परा “अतिथि देवो भव” को भावना व्यक्त गर्दै होलबेक पक्षलाई बर्दघाट भ्रमण र लुम्बिनी अवलोकनको निमन्त्रणा दिएका छन्।

यस अभियानको आधार हालै डेनमार्कको लूर्सेना युवा घर डेनमार्क का पाँच जना युवाले बर्दघाटमा गरेको दुई हप्ते भ्रमण बनेको छ। भ्रमणका क्रममा कार्यशाला, होमस्टे, सामुदायिक भ्रमण, सांस्कृतिक आदानप्रदान, सक्रिय नागरिक सम्बन्धी सत्र र युवा घरसम्बन्धी छलफल गरिएको थियो।
डेनमार्कको लूर्सेना युवा घर बाट प्रेरित हुँदै बर्दघाटमा “युवा कचहरी” अभियान सुरु गरिएको हो। अभियानमा हालसम्म ५८ जना युवा जोडिइसकेका छन्। भावी युवा घरमा छलफल, अध्ययन, सीप विकास, तालिम तथा युवामैत्री गतिविधिका लागि साझा थलो बनाउने लक्ष्य राखिएको छ।
यस परियोजनामा समृद्ध समुदाय विकास केंद्रले स्थानीय समन्वय र युवा परिचालनको भूमिका निभाएको छ भने स्कूल लाइफ इन नेपालले नेपाल–डेनमार्क सहकार्यको पुलका रूपमा काम गरेको छ। परियोजनालाई Connect for Global Change र SJF Bank को सहयोग प्राप्त छ।
बर्दघाटमा सुरु भएको यो अभियानलाई युवाको नेतृत्व, सहभागिता र साझा भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल