
बर्दघाट जेसीजले जेसीज सप्ताह–२०२६ अन्तर्गत आज बर्दघाट–४ स्थित नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बर्दघाट जेसीज बर्ष २०२६ का अध्यक्ष महेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको वर्ष २०२६ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदीप पौडेलले जानकारी गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महेन्द्र गौतमले “रक्तदान जीवनदान हो, सानो प्रयासले पनि कसैको जीवन बचाउन सकिन्छ” भन्दै नियमित रक्तदान संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। उहाँले “Unite, Act, Transform” को मूल नारा अनुसार बर्दघाट जेसीज सामाजिक सेवा र युवाको नेतृत्व विकासमा निरन्तर सक्रिय रहने उल्लेख गर्नुभयो।
जेसीज सप्ताह अन्तर्गत सात दिनसम्म सामाजिक सेवा, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा व्यक्तित्व विकाससम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुने छ । सप्ताहव्यापी कार्यक्रममार्फत समुदायसँग प्रत्यक्ष जोडिने उद्देश्य राखिएको अध्यक्ष गौतमले बताए ।
